नियम
खोपको औषधि

(१) खोप्ने व्यक्तिले खोपाउँदा प्रतिष्ठित कम्पनीले बनाएको म्याद ननाघेको खोपको औषधि (स्टयाण्डर्ड भ्याक्सिन) को मात्र प्रयोग गर्नु पर्छ ।
(२) कसैले म्याद नाघेको वा काम नलाग्ने खोपको औषधि प्रयोग गर्न वा बिक्री वितरण गर्न हुँदैन । यस्तो औषधि तुरुन्त स्थानीय क्षेत्रको खोपको सुपरिटेण्डेण्टलाई बुझाई दिनु पर्छ ।